चितवनको सौराहामा हात्ती महोत्सव सुरु


चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबारदेखि १४ औं चितवन हात्ती महोत्सव सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एक कार्यक्रमका बीच हात्ति महोत्सव उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न संरक्षणकर्मीहरुलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका थिए ।
उद्घाटन समारोह अघि विभिन्न जातजातिको सँस्कृति झल्कने झाँकीसहित ¥याली निकालिएको थियो । क्षेत्रीय होटल संघ चितवन सौराहाले ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका आयोजना गरेको महोत्सव पुस १५ गतेसम्म चल्नेछ । पहिलो दिन हात्ती फास्टवाकको पहिलो चरणको खेल भएको छ भने हात्तीको छावाहरुको फुटबल र हात्ती पोलो मैत्रीपूर्ण खेलहरु भएका छन् ।
यसवर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृंगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन् ।
त्यसैगरी हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम रहेको महोत्सव आयोजक समितिका संयोजक सुमन घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार