जयपृथ्वी नगरपालिकामा व्यापारी आन्दोलित


बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकाले चैनपुर बजारमा रहेका टिनका पसलहरुमा डोजर प्रयोग गरेपछि व्यापारीहरु आन्दोलित भएका छन् ।
नगरपालिकाले बजार अव्यवस्थित भयो भन्दै बजारमा रहेका टिनका पसलहरुमा डोजर लगाएपछि चैनपुरका व्यापारीहरु आन्दोलित भएका हुन् ।

नगरपालिकाले मापदण्ड नबनाएर सिधै पसलहरुमा डोजर प्रयोग लाएपछि व्यापारीहरु आन्दोलित भएको स्थानिय व्यापारी दिनेश रोकायाले बताए । सडक कति फराकिलो बनाउने भन्ने मापदण्ड नबनाएर सिधै पसलहरुमा डोजर प्रयोग गरेको उनको भनाइ छ । यसले साना लगानीमा व्यवसाय गरीरहेका व्यापारीहरु विस्थापित हुने भएका भएका छन ।

नगरपालिकाका व्यापारीहरुले आन्दोलनका कार्यक्रम घोषणा समेत गरेका छन् । चैनपुरका व्यापारीहरुले भोलि चैनपुर बजार बन्द गर्ने निर्णयसमेत गरेको छ ।
जनप्रतिनिधीहरुले नै हाम्रो गुजारा खोस्न लागेको चैनपुरका व्यापारी नरेन्द्र रोकायाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार