प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले यस्तो ‘हेभी मेकअप’ गरेपछि……

  झझल्को न्युज डेस्क  77 पटक हेरिएको

यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् ।

यद्यपि,भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् । चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्,मेरा प्रेमी मलाई भेट्न आउँदैछन् ।

प्रेमीले आफूलाई कमजोर नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् । रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना गरे ।

उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले बताएका छन् । उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् । कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन् ।

त्यस्तै बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उनको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’ हुरु गरेको कम्पनीले आज (आइतबार) विज्ञप्तिमार्फत जनाएको छ ।

केही समय आन्तरिक समस्याका कारण बन्द रहेको उक्त शो–रुम औपचारिकरुपमा पुनःसञ्चालनमा आएको हो । विभिन्न देशमा रहेका बिइङ ह्युमनक्लोथिङको ‘शो–रुम’ मा सलमानखानको ५४औँ जन्मोत्सव भव्यताका साथ मनाइको र नेपालमा पनि खानको जन्मदिन मनाइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले मानवताको भावनाअनुरुप गरीब तथा विपन्न नागरिकलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यसहित कम्पनी शुरु गरिएको बताए ।

उनले भने, “सलमानखान फिल्म मात्र होइन, वास्तविक जीवनमा पनि हिरो बन्न सफल हुनुभएको छ, बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकका रुपमा जन्मदिन मनाएका हौँ ।” वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले सेवाग्राहीको चाहनाबमोजिम नयाँ व्यवस्थापन र नयाँ ऊर्जाका व्यवसाय शुरु गरिएको बताए । खानको जन्मदिनका अवसरमा वस्त्र इन्कले आफ्ना ग्राहकलाई प्रत्येक १५ हजारको खरिदमा विशेष छुट दिएको तथा सलमानखानको फिल्म दबगं–३ को च्यारिटी शो गरिएको कम्पनीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार