रुकुम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आज एक महिलाको लडेर मृत्यु भएको छ । बिहान दाउरा काट्न गएकी बाफिकोट–४ छिन्खेतकी ६२ वर्षीया चुगे पुरीको सोही गाउँपालिका–९ को वाइबाङ भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भिरबाट करिब २०० मिटर तल खसेकी पुरीको टाउकोमा गहिरो चोट लागेको थियो ।