काठमाडौँ,पुस १५ गते।
नेपाल भ्रमण बर्षको स्वागतमा चिनियाँ राजदूत होउ यान्छीले सफलताको शुभकामना दिनुभएको छ ।
सामाजिक संजाल ट्वीटरमार्फत राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गर्नुभएको छ ।
राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । रातो पहिरनमा उनी निकै खुलेकी छन् ।
नेपालले भ्रमणबर्ष २०२० को भव्य उदघाटन गर्ने तयारी गरेको छ ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ ।