रानीपोखरीको पुनर्निर्माण कार्यमा राजनीति सुरु भयो

काठमाडौंको सौन्दर्य हो रानीपोखरी । काठमाडौंको मुटुमा राज गरेर बसेको रानीपोखरीसंग पर्यटकीय मात्र नभई ऐतिहासिक तथा आध्यात्मिक आस्था पनि गाँसिएको छ ।

दुई बर्ष अघिको महाविनाशकारी भूकम्पले काठमाडौं उपत्यकामा तवाह मच्चाउँदा रानीपोखरी पनि अछुतो रहन सकेन । अन्य सम्पदाहरु उठने तरखरमा छन् तर रानीपोखरीमा भने पुनर्निर्माणको नाममा राजनीति मौलाउँदो छ ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीको पूर्ननिर्माण कार्यको शुरुवात भएको दुई बर्ष पुग्दा समेत कसरी बनाउने भन्ने बिवाद अझैपनि उस्तै छ ।

पुरातत्व बिभाग र महानगरपालिकाबीचको विवादका कारण अहिले पनि रानीपोखरी कहिलेसम्म बन्ने र कस्तो बन्छ अझै बन्न सक्ने अवस्था देखिदैन । २०७२ सालमा गएको महाविनाशारी भूकम्पले रानीपोखरी लगायत ऐतिहासिक महत्व बोकेका धेरै सम्पदाहरुमा ठूलो क्षति पुग्यो ।

भुकम्प गएको दुई बर्ष पुग्दा कतिपय सम्पदाहरु पुनःनिर्माण भइ जस्ताको तस्तै बनिसके भने कतिपय अझै अलपत्र अवस्थामा नै रहेका छन । राष्ट्रपति बिद्यादेवी भण्डारीले पुनर्निर्माणको काम प्रारम्भ भएको संकेत स्वरुप दुई बर्ष अगाडि नै शिलान्यास गरेको रानीपोखरी पुननिर्माणको काम सरकारी कार्यालयहरुबीचको बिवादका कारण अझै अलपत्र छ ।

कहिले महानगरले बनाउने कहिले पुरातत्वले जिम्मा लिने गर्दा बिवाद झन चुलिएको छ । अहिले काठमाडौं महानगरपालिकाका मेयर र उपप्रमुखबीचमा समेत बिवाद देखिन्छ । मंगलवार बिहान सम्पदाविद्हरु सहित पुगेकी उपप्रमुख हरिप्रभा खड्गीले निर्माण कार्य रोक्न निर्देशन दिइन ।

बिहान पोखरीको पुनर्निर्माण कार्य अवलोकन गरी निर्माण कार्य रोक्न उपप्रमुख खड्गीले निर्देशन दिएको लगत्तै टोलीले ताला लगाएको थियो । रानीपोखरीमा ताला लागेपछि मेयर बिद्यासुन्दर शाक्य पनि आजै रानीपोखरी पुगेर पुर्न ताल तोड्न निर्देशन दिए र ताला तोडियो पनि ।

यसरी एउटै निकायका प्रमुख र उपप्रमुखबीच समेत निर्माण कार्यमा दुई किसिमको बुझाई देखिनुले स्पष्ट गरेको छ कि रानीपोखरीको पुर्न निर्माणमा चर्को राजनीति घुसेको छ । एकले समर्थन र अर्कोले बिरोध गर्नु पछाडिको कारण भने बिस्तार खुल्दै जाला नै । तर ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निमाणमा राजनीति नभएको नै उचित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार