मोटरसाईकलको नक्कली बिलबुक बनाउने गिरोह पक्राउ

जनकपुरधाम । धनुषालगायत मध्य तराइका जिल्लाहरुमा मोटरसाइकल लगायतका सवारी साधनहरुको नक्कली बिलबुक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राइम ब्रान्चको टोलिले मोटरसाईकल ओसारपसार लगायत बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पनेहरुमा जनकपुरउपमहानगरपालिका वडा नम्बर ८ बस्ने ३८ वर्षीय संजय ठाकुर, २२ वर्षीय रहमद नदाफ, औरही गाँउपालिका वडा नं.१ पौडेश्वरका ३१ वर्षीय अरविन्द्र कुमार यादव, र सोही स्थानका २७ वर्षीय सन्तोष मण्डल रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट दुई थान चोरीका मोटरसाईकल र सोको दुई थान नक्कली बिलबुक समेत बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्धामा जिल्ला अदालतबाट म्याद थप गराई थुनामा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार