रानीपोखरीमा उपमेयरले लगाएको ताला मेयरले फोडे

काठमाडौं । रानीपोखरीको पुनर्निर्माणकाविषयमा उपमेयर हरिप्रभा खड्गीले लगाएको ताला महानगरपालिकाका मेयर शाक्यले नगर प्रहरी लगाएर फोडेपछी उहाँहरुबीचको बिवाद अझ चर्किएको छ । स्थानियबासिन्दा, संरक्षणकर्मी र उपमेयर खड्गीसहितको टोलीले आज विहान ताला लगाएको थियो ।

अहिले मेयर शाक्यले रानीपोखरीमा यसबारेमा स्थानीयबासीसँग छलफल गरिरहनुभएको छ । भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको क्रममा कंक्रिट प्रयोग भएकोमा आलोचना भइरहेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार