चालवाजमा वर्षाको बोल्ड अवतार

  झझल्को न्युज डेस्क  1258 पटक हेरिएको

 

सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी नायिका वर्षा शिवाकोटी फेरी वोल्ड अवतारमा देखिएकी छिन । उनी फेसबुक र इन्स्टाग्राममा आफ्ना तस्वीरहरू सेयर गरिरहेकी हुन्छिन् ।

 

अरुण लामाको चलचित्र चालबाजको छायांकनका क्रममा रहेकी नायिका वर्षा ग्रीस पुगेकी छन् । ग्रीसको सेन्टोरिनीबाट इन्स्टाग्राम र फेसबुकमा उनले केही ‘बोल्ड तस्वीर’ सेयर गरेकी छन् ।

ग्रीसको सेन्टोरिनी सुरम्य द्वीप सम्भवतः ओआया, यसको भूविज्ञान र अनौठा समुन्द्र तटहरूको चित्र–परिपूर्ण गाउँका रूपमा परिचित सुन्दर पर्यटकीय स्थल हो ।

नायिका वर्षाले नयाँ चलचित्र ‘सुदूर’ पनि साइन गरिसकेकी छन् जुन चलचित्रको फागुनबाट छायांकन शुरु हुने बताइएको छ । उनले अभिनय गरेको चलचित्र लक्का जवान भने आगामी २१ चैतमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार