दमौलीमा शव फेला, हत्या आशंका


तनहुँ । तनहुँको सदरमुकाम दमौली बजार नजिक व्यास २ बाघबजारस्थित बाराही कलेज पछाडी रहेको बुल्दी खोला किनार नजिक एक युवाको शव भेटिएको छ ।

गोरखा पालुङटार नगरपालिका वडा नम्बर १, च्याङ्लि घर भइ हाल व्यास नगरपालिका वडा नम्बर ४ बस्दै आएका अन्दाजी २५÷२६ वर्षका ओम विकको शव भेटिएको हो ।

हत्याको आशंका गरिएको युवाको टाउको र आँखामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

उक्त शव दमौली पोस्टमार्टमका लागि दमौली अस्पताल लगिएको छ । मिस्त्री काम गर्दै दमौलीमा बसेका विकको टाउँको र आँखामा ढुङ्गाप्रहार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार