बान्नीगढी जयगढ गाउँपालिकामा कुखुरा पालक व्यावसायी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउनु पर्नेमा गाउपालिका अध्यक्ष खड्काको जोड

  झझल्को संवाददाता ; राजन साउद  998 पटक हेरिएको

०८ पुस २०७६, अछाम ।
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा कुखुरा पालक व्यावसायीहरुसंग गाउँपालिका स्तरीय १ दीने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको आयोजना,वाक नेपाल अछाम,वाइबिपि र बान्नीगढी कुखुरादाना उद्योगको समन्वयमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरीएको हो । कुखुरा पालन व्यावसायीहरुलाई व्यावसायीे थप उर्जा दिन र तिनीहरुका सामुहिक गुनासा,भोग्नुपरेका समस्या र मागहरु के के हुन अनि कसरी समाधान गर्न सकिन्छ भन्ने विषमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा कुखुरा व्यावसायीहरुले बोल्दौँ गर्दा व्यावसाय प्रति खुसि र उत्साहित नभएको बताए । गाउपालीकाले व्यापार व्यावसाय गरिरहेका व्यवसायी प्रति खासौँ चासो नदेखाएको गुनासो गरेका थिए । उनीहरुले कुखुराको दर रेट कायम गरीनुपर्ने, गाउपालिकामा सुफत भटेनरी अस्पताल राखीनु पर्ने, प्रयोगशालाको व्यावस्था गर्नुपर्ने लगायतका बिभिन्न मागहरु राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बान्नीगढी जयगढ गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । उहाँले व्यावसायीका माग जायज र महत्वपुर्ण भएकाले यस बिषयमा गाउपालीका निरन्तर रुपमा व्यावसायीहरुको साथमा रहने प्रतिबद्धता व्याक्त गर्नुभएको छ ।

उनले व्यावसायीहरुले राखेका समस्याहरु लाई कार्यपालिकाको बैठकमा छलफल गरी कार्यन्वयनका लागी अघि बढ्ने बताए । बिशेष गरी व्यावसायीहरुले गरेका कामहरुको प्रसं्शा गर्दै अध्यक्ष खड्काले व्यावसायमा आईपर्ने समस्याहरु लाई गाउपालिकामा लिएर आउन आग्रह गर्नुभयो । साथै उहाँले युवाहरुको क्षेत्रमा गाउँपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गाउपालिका पछि नहट्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा वाक नेपाल बुलगारी परियोजनाका बिकास सुपरिवेक्षक माहादेव ओझाले स्थानिय सरकार संग समन्वय गरेर साथ सहयोग गर्ने र युवाहरुको साथमा रोजगारमुलक कार्यक्रम गर्ने बताउनुभएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लोक बहादुर साउँद र प्रमुख प्रशासकीय अधिकृत शैलेसराज ढुङ्गाना बिशिष्ट अतिथि रहनुभएको थियो ।

साथैँ कार्यक्रममा वडा नम्वर ३,४,६ का वडा अध्यक्ष,कृषि शाखा प्रमुख, वाक नेपाल बुलगारी परियोजनाका बिकास सुपरिवेक्षक माहादेव ओझा, लगाएत ५० जना कुखुराव्यावसायीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन पशुसाखा प्रमुख हर्क बहादुर शाहीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार