भ्रमण वर्ष २०२० ; नारायणीमा क्रुज सिपको सफल परीक्षण (फोटो फिचरसहित)

  झझल्को न्युज डेस्क  130 पटक हेरिएको

चितवन, ०७ पुस ।
भ्रमण वर्ष २०२० को सुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारी अनुसार नदीमा टेष्ट ड्राइभ गरिएको हो। नारायणी नदीमा आइतबार क्रुजसीपु संचालन गरेर परीक्षण गरेपछि निर्माणकर्ता खुसी छन्। निर्माणस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालकले करिब डेढ किलोमिटर यात्रा गरेका थिए।

मिनी क्रुजसीपको टेष्ट ड्राइभ सफल भएको संचालकले जनाएका छन् । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताए । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ । दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा एउटा महत्वपूर्ण योजनाले लगभग मूर्तरुप लिएको छ, कंडेलले भने, नेपालमै पहिलो पटक संचालन गर्न लागिएको हुँदा के होला भन्ने थियो।

भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा दुई सय २० जना यात्रुवाहक क्षमता भएको क्रुजसीप बनेको छ । क्रुजमा भीआइपी कक्षा, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको छ ।

एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाज निमार्ण गरिएको छ । यो जहाज नर्वेजियन प्रविधिबाट निमार्ण गरिएको हो। भारतको केरलाका प्राविधिकले निमार्ण गरेका हुन्। सिंगापुर र भारतका प्राविधिकले नारायणी नदीको गहिराइको अध्ययन पछि संचालन गर्न सकिने निस्कर्ष निकालेका थिए ।

उक्त सीप एक करोड लागतमा निर्माण गरिएको कम्पनीको दावी छ। यसको तौल १० टन छ। निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुज निर्माणको काम पूर्ण भइसकेको छैन ।

क्रुजमा दुईवटा इञ्जिनमध्ये एउटा मात्रै संचालन हुने छ । एउटा इञ्जिनमा समस्या आएमा मात्रै अर्को चलाइन्छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेसनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले आधुनिक प्रविधिको मेसिन राखिएको बताए। परीक्षणबाट हामी उद्देश्यमा सफल भएका छौं, उनले भने, जलपर्यटनका लागि सुरक्षित छ।

क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । सबै भागमा पानी नपस्ने गरि डिजाइन गरिएको छ। सुरुवातमा चालक र प्राविधिक गरी १५ जना विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकलाई सिकाएर चलाउने योजना छ। दुई तलाको क्रुज निमार्ण गरिएको छ। पहिलोमा ९० जना र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।

क्रुजको दुई तलामा सिसा राख्न बाँकी छ। त्यस्तै, महिला र पुरुषका लागि अलगअलग शौचालय, काउन्टर र बार बनाउने काम अन्तिम चरणमा छ । यस्तै, लाइट जडानको काम पनि भइरहेको छ । चालक बस्ने ककपिट भने तयार भइसकेको छ। क्रुजमा सिसा जडान पछि एसी जडान गर्ने तयारी छ भने कुर्सी राख्न बाँकी छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार