१६ औँ लेखनाथ महोत्सव पुष ३ देखि तालचोकमा

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” का लागि

  सम्वाददाता : राजन साउद  486 पटक हेरिएको

लेखनाथ महोत्सव/ तस्विर ; तिर्थ केसि

१ पुष  २०७६, पोखरा।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ १६ औँ लेखनाथ महोत्सव  हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरि जनकारि दिएको हो ।

महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा  आगामी पुष ३ गते देखि १५ गतेसम्म पोखरा महानगरपालिका १७ डाँडाकानाक तालचोकमा हुने भएको छ  ।

लेखनाथ उधोग वाणिज्य संघका उपमहासचिव तथा महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले मंगलवार पत्रकार सम्मेलमा बोल्दैँ औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रबर्द्धन, जातिय भेषभुषा, कला सस्कृती , रितिरिवाज जगेर्नामा टेवा पुर्याउने साथै आन्तरिक एवं बाह्य पर्यटनमा टेवा पुर्याउने महत्सवको मुख्य लक्ष्य रहेको बताएका छन् ।

संयोजक : उपेन्द्रराज सुवेदी

महोत्सवमा कृषि, बिज्ञान तथा प्रबिधी, शैक्षिक प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायतका ३४० वटा कक्ष रहेको बताए ।

जस अन्तर्गत अटो ७, शैक्षिक प्रदर्शनी ९, कृषि ३५, किचन २७, मेशिनरी २०,हेन्डीक्राफ्ट ३२, गार्मेन्ट १००, जनरल २६, फुड एण्ड बेभरेज २०, डेरि ६, सुचना प्रबिधी ३२, रेष्टुरेन्ट १६, बैंक तथा बित्तीय तथा प्रायोजक ३० स्टल रहेका छन् ।

महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी यसैगरि महोत्सवमा उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय स्तरका कलाकारहरुको स्टेज शो, बाल चायल्ड ट्यालेण्ट सो, शैक्षिक गतिविधिहरुको प्रस्तुती, लुकेको प्रतिभाको खोजी अभियान, रत्यौली गित, साथै बिगत बर्षहरुमा उत्कृष्ट प्रदर्शन गरि पुरस्कृत भएकाहरुबाट प्रतिस्पर्धा रहित सहभागिताको रुपमा प्रस्तुती रहने कार्यक्रमसमेत राखिएको संस्थाले जनाएको छ ।

लेखनाथ महोत्सव/ तस्विर ; तिर्थ केसि

महोत्सव अवधिभरि दुई लाख पचास हजार दर्शकले अवलोकन गर्ने र रु १२ देखि १५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले बताइएको छ ।

महोत्सव  पुस ३ गते देखि १५ गतेसम्म पोखरा महानगरपालिका १७ डाँडाकानाक तालचोकमा हुने छ  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार