६९ औं मिस वर्ल्ड : टप १२ सम्म पुगेकी अनुष्कालाई ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ सबटाइटल अवार्ड

  झझल्को न्युज डेस्क  99 पटक हेरिएको

मिस नेपाल अनुष्का श्रेष्ठले दुई उपाधि जितेकी छन् । टप १२ सम्म पुगेकी अनुष्काले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ सबटाइटल अवार्ड जितेकी हुन् ।

अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले तिनै दुई टाइटल जितेकी थिइन् । टप १२ मा केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, इण्डिया, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक आइल्यान्ड्सका सुन्दरी परेका थिए । मिस नेपाल सोही चरण (सेमिफाइनल) बाटै बाहिरिइन् ।

दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले सबैप्रति आभार व्यक्त गरेकी छन् । ‘विश्वमञ्चमा नेपाली झन्डा फहराउन सफल भएकी छु’, हातमा ठूलो नेपाली झन्डा बोकेकी उनले खुसी साट्दै कान्तिपुरसँग भनिन्, ‘मिस वर्ल्डमा ‘ब्युटी विथ अ पर्पोज’ उपाधि मुटु नै हो ।

यो सहित दुई उपाधि जितेर घर फर्कन पाउँदा ज्यादै गर्व लागेको छ । यसले आफ्नो प्रोजेक्टमा काम गर्न झन् हौसला मिलेको छ ।’

नेपालीहरुले झन्डा बोकेर कार्यक्रममा आइदिँदा आफूलाई थप आत्मबल पुगेको उनले सुनाइन् । छोरीको जितमा अनुष्काका बाबुआमा पनि दंग देखिन्थे ।

प्रतियोगितामा अनुष्कालाई हौसला प्रदान गर्न बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी, एनआरएन पदाधिकारी लगायत नेपालीहरु नेपालको झन्डा बोकेर कार्यक्रमस्थल पुगेका थिए । उनीहरुले बारम्बार हुटिङ गर्दै नाचे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार