लिटरेचर फेस्टिभल ; शुक्रबारदेखि फेवा किनारमा सुरु..

फेस्टिभलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुने

  झझल्को सम्वाददाता  126 पटक हेरिएको

पोखरा,मंसिर २४ गते ।
पोखरामा सधै झैँ यो वर्ष पनि आइएमई नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) हुने भएको छ ।

आयोजक बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीले मंगलवार पोखरामा संयुक्त पत्रकार सम्मेलन गरि महोत्सवको आठौँ संस्करण मंसिर २७देखि ३० गतेसम्म बाराहीघाट,लेकसाईडमा हुने जानकारी दिएको हो । फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका निर्देशक अजित बरालले फेस्टिबलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति हुने छन तर यस पटक नयाँ वक्तालाई उभ्याइने छ । उनल भने, ‘सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो । यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिबलमा ल्याउन लागेका छौं ।’

साथैँ उनले ‘सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको साहित्य महोत्सव हाल आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको विशाल प्राङ्गण पोखराको बाराहीघाटमा भव्यताकासाथ सम्पन्न भएको परिदृश्यले हामीलाई उत्साह दिएको छ । प्रत्येक वर्ष साहित्य महोत्सव आयोजना गर्न पाउँदा हामी हर्षित छौं ।’ महोत्सवदक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकोमा आफूहरु गौरवान्वित भएको उनले बताए ।

विभिन्न विषयमा केन्द्रित रहेर हुने छलफलमा ३५ सेसन समावेश गरिएको निर्देशक बरालले जानकारी दिए ।

यस्तै बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले महोत्सवमा दक्षिण एसियाको सर्वोत्कृष्ट साहित्यीक पुरस्कार डीएससी प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको पुरस्कार पोखराबाटै प्रदान गरिने जानकारी दिएका छन ।

डिएससी दक्षिण एसियाली साहित्यिक पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले सुन्दर सहर पोखरामा सम्पन्न हुने आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गरेर डिएससी पुरस्कार वितरण गर्न पाउँदा उत्साहित भएको बताएकी छन।

महोत्सवको उद्घाटन मंसिर २७ गते शुक्रबार बिहान ११ बजे हुनेछ । उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार