किन बाबुराम पुगे केपी ओली भेट्न बालकोट ?


काठमाडौँ । नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी ओलीबीच सोमबार बालकोटमा भेट भएको खबर अन्नपूर्णले छापेको छ ।

बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गरेपनि भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए । यद्यपी उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे ।

‘गठबन्धनको कुरा अहिले गरिएन, राष्ट्रियसभा अध्यादेशको अड्चन खुलाउन सहमति जुटाउन सल्लाह दिएँ’, भट्टराईले भने, ‘मैले अरू कुनै आकांक्षा राखेको भन्ने सही होइन, अहिले त्यस्तो कुरा गर्नु उपयुक्त हुन्न ।’

एमाले-माओवादी एकता र सत्तारोहणमा संशय बढ्दै जाँदा भट्टराईको बालकोट यात्रालाई अर्थपूर्ण ठानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार