विदेशीबाट भिसाको दुरुपयोग: यस्ता छन् विदेशीका कर्तुत

गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ । मन्त्रालयले नेपालमा बसिरहेका विदेशीको अनुगमन नगर्दा उनीहरू कहाँ र के गरिरहेका छन् यकिन जानकारीसमेत सरकारसँग छैन ।
पर्यटक, विद्यार्थी, व्यापार, नाता, कामदारलगायत भिसामा नेपाल बसेका कैयौं विदेशीले भिसाको दुरुपयोग गरी आफू अनुकूल काम गर्दै आएका छन् । पर्यटक भिसामा आएका कतिपय विदेशी नेपालमा इसाई धर्म प्रचारप्रसारमा संलग्न रहेको फेला परेको छ । कतिपय भिसाको म्याद सकिएपछि पनि यहाँ बसिरहेका (ओभर स्टे) छन् । विदेशीले लिएको भिसाअनुरूप काम गरे÷नगरेको वा भिसाको दुरुपयोग गरी अन्य गतिविधिमा संलग्न भए÷नभएकोमा मन्त्रालय अनभिज्ञ छ ।

करिब ३ वर्षअघि पर्यटक भिसामा नेपाल आएका ५४ जना उत्तर कोरियाली सुरुङ खनिरहेको भेटिएपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले उनीहरूलाई निष्कासनको निर्णय गरेका थिए । मन्त्रालयले प्रभावकारी संयन्त्र नबनाउँदा अध्यागमन विभागले अनुगमन गर्न सकेको छैन ।

पछिल्लो पटक पर्यटक र नातेदारको भिसामा नेपालमा बसेका विदेशी गैरकानुनी रूपमा काम गरेको सूचना आएको भन्दै अध्यागमन विभागले त्यस्तो पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।विभागले आइतबार सूचना प्रकाशन गरी पर्यटक र नातेदार भिसा भएका विदेशीले कुनै संघसंस्थामा काम गर्न नपाउने दोहोर्‍याएको छ।

नेपाल आएका विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित, व्यवस्थित एवं नियन्त्रण गर्ने, विदेशीलाई पदयात्रा अनुमति दिने, भिसा जारी गर्ने, नियमित गर्ने र रद्द गर्नेलगायत अध्यागमनसम्बन्धी काम विभागले गर्दै आए पनि विदेशीको गतिविधि अनुगमन भने गरेको छैन ।

विदेशीका कर्तुत

– एटीएम मेसिनबाट रकम चोरी

– लागुऔषध कारोबार

– भीओआईपी सञ्चालन

– पर्यटक भिसाका केही विदेशी इसाई धर्म प्रचारक

– रिलेसन भिसाका पर्यटकले कामको स्वीकृति नलिनु
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार