काठमाडौंको फोहोरमैला तीन महिनाभित्र व्यवस्थापन गर्न ‘काठमाडौं उपत्यका फोहोरमैला व्यवस्थापन आयोजना’ सुरु भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका फोहोरबाट ग्यास र बिजुली उत्पादन गर्ने यो आयोजनाको लक्ष्य छ ।
काठमाडौं उपत्यकामा अहिले सरदर ९ सय टन फोहोर निस्कने गरेको तथ्यांक छ । उपत्यकाको बस्ती बढिरहेकाले फोहोर निस्कने क्रमसमेत बढदै जाने छ । ‘यो आयोजना बनेपछि फोहोर व्यवस्थापन गर्न सजिलो हुनेछ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘हामीले यो आयोजनालाई तीन वर्षमा सम्पन्न गर्ने गरी काम अघि बढाएका छौं ।
वर्षौंदेखि डम्पिङ साइटका रूपमा प्रयोग भइरहेका ठाउँहरूसमेत विस्तार हुन नसक्ने अवस्थामा छन् । यो चुनौतीलाई समाधान गरी फोहोरलाई आम्दानीमा परिणत गर्न लागेका छौं ।’ जैविक फोहोरबाट ऊर्जा र मल अनि प्लास्टिकजन्य फोहोरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने योजना छ । यो खबर आजकोकान्तिपुरमा छ ।