यि हुन पेट दुखाइको बेला राहत दिने घरेलु औषधि जानिराखौँ

  झझल्को  1470 पटक हेरिएको

हामीले दैनिक खानपानमा विशेष ध्यान पुर्‍याउन नसक्दा स्वाथ्यमा समस्या बढिरहेको छ । बजारमा उपलव्ध भएको अस्वस्थकर खानपान, उचित समयमा उचित किसिमको खानपानको कमी लगायतले पेटमा विभिन्न खालका समस्या देखा पर्ने गरेको छ । त्यसमा पनि धेरै नेपालीलाई ग्यास्ट्रिकको समस्या हुने गरेको छ । कतिपयलाई खाना अपचको समस्या हुने गरेको छ ।

यस्ता सामान्य समस्याका बेलामा चिकित्सकको सल्लाह नलिइ दुखाइ कम गर्ने औषधि सेवन गर्नेको संख्या पनि निकै छ । तर यसले शारीरिक स्वास्थ्यमा भने असर पुग्न जान्छ । पेट दुखाइको बेलामा घरेलु औषधि वा उपचार महत्वपूर्ण बन्न जान्छ । यसका लागि घरमा नै उपलव्ध हुने सामाग्रि वा भान्सामा प्रयोग हुने चिजहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

तुलसी

पेट दुखाइमा निकै लाभदायक मान्छि । १ चम्चा तुलसीको सर पिउनाले पेट दुखाइ निको हुने र पेटको अन्य समस्या पनि समाधान हुन्छ ।

तुलसीको पातलाई काढाा बनाएर पिउनाले झाडापखाला र कव्जियत जस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ । नियमित रुपमा तुलसीका ४ वटा पात प्रयोग गर्नाले विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्याबाट मुक्ति पाउन सकिन्छ ।

बेथे

बेथेको साथ जाडो मौसममा धेरै पाइन्छ । बेथेको साथ पनि पेटको समस्या समाधानको लागि महत्वपूर्ण मानिसन्छ । यसले आमाशयमा शक्ति प्रदान गर्छ भने कब्जियतको समस्या समाधान गर्छ ।

बेथेको सागको रस वा उमालेको पानीमा बेथेलाई केहीबेर राखेर त्यसको रस सेवन गर्दा पेट दुखाइको समस्या र ग्यास्ट्रिकको समस्या समाधान हुन्छ ।

जीरा

मसलाको रुपमा प्रयोग गरिने जीरा पेटको समस्यामा लाभदायक हुनछ । पेटमा कुनै गडबढी भयो भने जीरालाई यसरी प्रयोग गर्न सकिन्छ । जस्तो कि, केहि जीरा तावामा राखेर भुट्ने र दिनमा केहि पटक पानीसँग यसलाई चपाएर खानुपर्छ ।

प्याजको रस

पेटको समस्या हटाउनका लागि प्याज निकै उपयोगी हुन्छ । प्याजको रसमा थोरै नुन मिसाएर पिउनुपर्छ, आरम मिल्छ ।

अदुवा

भान्समा सजिलै पाइने चिज हो, अदुवा । पेट सम्बन्धी कुनैपनि समस्यमा अदुवा निकै उपयोगी हुन्छ । यसले पेटको पीडाबाट चाडै छुटकारा दिन्छ ।
पेटमा दुखाई वा कुनै किसिमको समस्या छ भने अदुवाको चिया बनाएर पनि पिउन सकिन्छ । अदुवालाई टुक्रा गरेर पिस्ने । त्यसमा एक कप पानी राखेर केहि क्षण उमाल्नु पर्छ । अब मह घोलेर त्यसलाई पिउन सकिन्छ ।

कागती र मह

कागती र मह दुबै पाचन यन्त्रका लागि फाइदाजनक मानिन्छ । महमा यस्तो इन्जाइमको मात्रा उच्च हुन्छ, जसले खानेकुरालाई चाडै पचाउँछ । यसका लागि दुई कप पानीमा एक टुक्रा अदुवा राख्ने । त्यसमा कागतिको रस मिसाउने । सानो आगोमा यसलाई केहि क्षण उमालेपछि मह मिसाएर पिउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार