ग्यारेज लगिएको स्वास्थ्य चौकी बिनायकको एम्बुलेन्स एक बर्ष बित्ता पनि फर्किएन

 

अछाम, कार्तिक २९ गते ।
स्वास्थ्य चौकी बिनायकको एम्बुलेन्स बिगत एक बर्षदेखी गाएब भएको हो । एक बर्ष पहिले बिग्रीएर बनाउन नेपालगञ्ज लगीएको भनिएको एम्बुलेन्स अझै फर्किएको छैन् ।

तत्कालीन नेकपा माओबादी केन्द्रबाट सांसद बनेकि जानकी साउद रावलको सँसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकको नाममा खरीद गरीएको एम्बुलेन्स अहिले कहाँ र कुन अवस्था मा छ कुनै अत्तोपत्तो छैन ।

सुरुमा सामान्य विग्रिएकोले मर्मतको लागी भनेर नेपालगञ्ज लगिएको एम्बुलेन्स एक बर्ष सम्म पनि नफर्किएपछि वडा अध्यक्ष पदम बहादुर धामीले गायब गरेको स्थानियको आरोप छ ।

खरिद गरिएको केही समय स्वास्थ चौकिले एम्बुलेन्स सञ्चालक समितिद्धारा चलाईएको थियो । शेर बहादुर बुढाको अध्यक्षतामा गठित सञ्चालक समितिले एम्बुलेन्स सञ्चालन गर्दा विनायक क्षेत्रका धेरै विरामीहरुले सेवा पाएका थिए ।

अहिले भने एम्बुलेन्सको अवस्था बारे आम सर्बसाधारण अनविज्ञ छन । एम्बुलेन्स नहुदा बिनायक क्षेत्रका बिरामीलाई अस्पताल सम्म लैजान स्टेचर अनि चर्को भाडा तिर्न बाध्य छन ।

बिनायक नगरपालिका नगर प्रमुख देबराज देबकोटाले रेडियो बान्निगढी तथा बान्निगढी टुडे डट कमसंग कुरा गर्दै भने  बिग्रीएर नेपालगञ्ज लगीएको एम्बुलेन्सको ईन्जिनमा समस्या देखिएकाले केही ढिलो भएको तर अब तत्काल एम्बुलेन्स अछाम आईपुग्ने नगर प्रमुख देबकोटाले बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार