काभ्रेका सांसदहरू मतदातालाई धन्यवाद दिन डाँडापारीमा


काभ्रे जिल्ला अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं.१ `ख´ मा पर्ने काभ्रेको कर्णाली भनेर चिनिने डाडापारी खानिखोला गाउपालिकामा नवनिर्वाचित सांसदहरू गंगाबहादुर तामाङ (बमध्वज) र चन्द्र लामा मतदातालाई धन्यवाद दिन पुगेका छन् । खानिखोला गाउपालिकाको सम्पूर्ण वडाहरुमा अायोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अाफुहरुले भोट माग्दा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने वाचा गरेका छन । प्रतिनिधि सभा १ बाट नवनिर्वाचित सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले खानिखोला गाउपालिकालाई समृद्धिको बाटोतर्फ उन्मुख गराउन अाफुले विकासका पुर्वाधारमा लगानी गर्ने बताएका छन ।

खानिखोला गाउँपालिकाको सबै वडाहरुलाई सडक संजालले जोड्ने र हाल निर्माण भएका सडकलाई स्तरउन्नोत्तर गर्ने र राष्ट्रिय प्रसारण लाईन जडान प्रमुख प्राथमिकतामा रहेको काभ्रे प्रदेशसभा २ का नवनिर्वाचित सांसद चन्द्र लामाले उद्घोष गरेका छन । तालढुङ्गाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,“डाँडापारीका ढुङ्गामाटोले मलाई चिनिसकेको छ म यस क्षेत्रको बिकासनिर्माण सडक विद्युत् शिक्षा संचार र स्वास्थ्य लाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।´´ नवनिर्वाचित सांसदहरूले डाडापारीका जनतालाई अाफ्नो अमुल्य मतदान गरेकोमा धन्यवाद दिएका छन । स्थानीय जनताहरुले खोलाहरुमा पक्की पुल, टेलिकमको टावर, स्कुल बस, सर्वसुलभ स्वास्थ्य सेवा,पक्की बाटो अादि कुराहरुको माग रहेको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार