उपनिर्वाचन : रोल्पामा प्रतिबन्धित बिप्लव नेकपा को स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौँ,कर्तिक २७ गते । 
यहीँ मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टी ले पनि भाग लिने भएको छ । बिप्लव नेतृत्व नेकपाले थबाङ गाउँपालिका १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ।

वडाध्यक्षका लागि सरकारि (नेकपा) बाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कमल रोका र स्वतन्त्र (विप्लव) बाट भद्रबहादुर झाँक्रीले उम्मेदवारी दर्ता गरेका छन् ।

गत असारमा मस्तिष्कघातका कारण थबाङ गाउँपालिका १ का वडाध्यक्ष फर्कबहादुर बुढाको निधन भएपछि रिक्त रहेको थियो । सो पद पुर्तिका लागि बुधबार मनोनयन दर्ता भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार