भारतको नक्सामा नेपालको भुमि : अखिल क्रान्तिकारीद्धारा संघर्ष गर्ने घोषणा (विज्ञप्ती सहित)

काठमाडौं,कार्तिक २० ;
नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको बिरोधमा संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले बुधबार विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरुको घोषणा गरेका छन । साथै उनले वर्तमान ओली सरकार
राष्ट्र र जनताप्रति न्युनतम पनि जवाफदेहिता छ भने भारतद्वारा गरेको नेपाली भूमीमाथिको अतिक्रमणको विरुद्ध बोलेर देखाउन समेत चुनौती दिएका छन् ।

अध्यक्ष चिरञ्जीवी ढकालले नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको फाइदा उठाउँदै भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाड्दै आएको हरेक प्रकारको दादागिरीको विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, वुद्धिजीवि, पत्रकार, कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरूमा विशेष अपिलसमेत गरेका छन् ।

उनले अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपालमाथि भारतीय दादागिरीको अन्त्यकालागि (क्रान्तिकारी)ले यहि कात्तिक २० देखि २३ गतेसम्म वुद्धिजीवि, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने साथै कात्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने, २२ गते भारतीय दुतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्र संघको नेपाल कार्यालयमा उजुरी दिने, २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्नेसमेतको कार्यक्रम घोषणा गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ:-

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार