नेकपा (माओबादी केन्द्र) कैलालीले गर्यो उप निर्वाचनको विरोधमा भित्ते लेखन

मंसिर १४ गते हुने उपनिर्वाचनको विरोधमा नेकपा (माओवादी केन्द्र) ले विरोधका कार्यक्रम अघी सारेको छ। भित्ते लेखन सहित, आम हड्तालका कार्यक्रम अघी सारको हो।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा हुने उपनिर्वाचन शान्ति र समाजवाद विरोधी भएको नेकपा (माओवादी केन्द्र)को ठहर छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बमका अनुसार सरकारका गलत गतिविधी विरुद्ध हड्ताल र वहिष्कारमा उत्रिन आह्वान गर्दै भित्ते लेखनको कार्य अगाडी बढाईएको छ।

यसअघि नेकपा (माओवादी केन्द्र) ले सरकारलाई संविधानको समाजवादी पूर्नलेखन र सरकारका कामहरुबारे १८ बुदें माग पत्र बुझाएको थियो। उक्त मागपत्रलाई सरकारले सम्बोधन नगरि लत्याएको सो पार्टीको आरोप छ। स्रोत दिनेशखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार