नेकपाकी सांसद तथा सचेतक शान्ता चौधरी चढ्ने गाडि दुर्घटना ; यस्तो छ अवस्था ?

दाङ,कार्तिक १९ गते;
नेकपाकी सांसद तथा सचेतक शान्ता चौधरी चढ्ने स्कारपियो गाडी सोमबार राति दुर्घटनामा परेको छ ।

सांसद चौधरी चढ्ने बा २ झ २८७१ नम्बरको स्कारपियो लमही नगरपालिका–६ पुलमोरको घुम्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनका अनुसार गाडीमा चालक मात्र रहेका थिए । चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीलाई घोराही उपमहानगरपालिका –४ डाडागाउँ बसन्तपुरमा रहेको घरमा पुर्‍याएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार