कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला

चैनपुर; बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।   शुरुङ भित्र फसेका ४ जनालाई नेपाली सेनाको उद्दार टोलीले मृत अवस्थामा फेला पारेको हो ।

शुरुङमा परी मृत्यु हुनेमा कालंगा हाइड्रोपावरमा काम गर्ने दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद–६ का महेन्द्र साउँद र बुझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार ४ जना मजदुरहरु शुरुङको १३ सय मिटर भित्री क्षेत्रमा मृत फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार