सात बुँदे माग सहित डा. गोविन्द केसीको १७ औँ अनसन डडेल्धुरामा सुरु


डडेल्धुरा ; डाक्टर गोविन्द केसीले ७ बुँदे माग सहित डडेल्धुराबाट १७ औं अनशन सुरु गरेका छन्। केसीले सोमबार ५ बजेबाट अनशन सुरु गरेका हुन्। डाक्टर केसीले अनशन बस्नु अघि डडेल्धुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराएका थिए।

उनि डडेल्धुरा अस्पताल नजिक रहेको निर्मल क्लिनीक फार्मेसी भएको घरमा अनशन बसेका हुन्। अनशन बस्नुअघि डाक्टर केसीले एक हाफ चाउमिन र ५० ग्राम मिठाई खाजा खाएका थिए।

सरकारलाई सोमबार बेलुका सम्मको अल्टिमेटम दिएका केसीले आफुसंग भएका सम्झौता अनुरुप माग पुरा गर्न आग्रह गरेका छन्।

यी हुन् डा केसीले राखेका ७ बुदे मागहरु :-
१.    हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
२.   विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब          अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३.  आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम                फिर्ता गरियोस्। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा          कडा कारबाही गरियोस् ।
४.   संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।
५.   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान         प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त                     स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्। प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र           पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
६.    क्यान्सर लगायत महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथमुल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस । कर्मचारि                समायोजनका कारण सेवानै अवरुद्ध भएका डडेल्धुरा अस्पताल लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दीअनुसार              चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् ।
७.    संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

१६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि डा।केसीले अनशन सुरु गरेका हुन् । १६ औं अनसन इलाममा बसेका डा।केसी १७ औँ अनशनको लागि डडेल्धुरा पुगेका उनका सहयोगीले जानकारी दिए ।

प्रा.डा. केसी मेडिकल शिक्षाको बेथिति हटाइनुपर्ने माग गर्दै २०६९ असार २१ देखि पटक पटक अनसन बस्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार