यि हुन् सातै प्रदेशका प्रदेश प्रमुख

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशको प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

जसअन्तर्गत ;
प्रदेश १ को प्रमुखमा : सोमनाथ प्यासी,
प्रदेश–२ मा : तिलक परियार,
प्रदेश–३ मा : विष्णु प्रसाईं,
गण्डकी प्रदेशमा : अमिक शेरचन,
प्रदेश–५ मा : धर्मनाथ यादव,
कर्णाली प्रदेश प्रमुखमा : गोविन्द कलौनी र
सुदूरपश्चिम प्रदेशमा : शर्मिला त्रिपाठीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार