संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालतमा काठमााडौंमा आइतबार र सोमबार भएको थुनछेक बहस बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हो ।
उक्त मुद्धाको टुंगो नलागेसम्म महरा थुनामा रहनेछन् । महरामाथि लागेको आरोप प्रमाणीत भएको खण्डमा मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।