‘हामी यस्तै त होनि ब्रो’ का चर्चित र्‍यापर भिटेन पक्राउ

  झझल्काे संवाददाता  71 पटक हेरिएको

काठमाडौं, कात्तिक ७ गते ।
पछिल्लो समय युवाहरुले रुचाएको चर्चित र्‍याप गित ‘हामी यस्तै त होनि ब्रो’ भन्‍ने र्‍यापबाट चर्चामा आएका भिटेन नामले चर्चित उर्फ समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

घिसिङले गीतमार्फत् अश्लिलता फैलाएको अभियोगमा जावलाखेलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

उनले गाएका गीतमा ‘प्रहरी जेल भित्र गाँजा खाँदै मस्ती’, प्रहरी पोशाक लगाएर प्रहरीलाई डण्ठे शब्द प्रयोग गरेका थिए। उनलाई कानुनी कारबाहीका लागि अगाडी बढाइएको प्रमुख थापाले जानकारी दिए।

केही दिनअघि मात्रै अर्का गायक दुर्गेश थापाले निकालेको तिहार विशेष गीत मार्फत सामाजिक संस्कार खलबल्याउने कार्य भएको उजुरी आएपछि प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार