राजन साउद ,अछाम :
अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
साँफेबगरबाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।
मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेखगाउ पालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।
शुक्रबार साँझ सबा ४:३० बजेतिर भएको दुर्घटनामा ५ जना घाइते छन्। घाईते हुनेमा जीप चालक निर्प साउँद, सहचालक जनक साउँद र मनिषा उपाध्याय रहेको र बाँकी दुई जनाको नाम ठेगाना भने खुल्न नसकेको स्थानिय नृप बुढाले जानकारी दिनु भयो ।
घाईतेको प्राथमिक उपचार पछि थप उपचारका लागि बयालपाटा अस्पताल ल्याईएको छ ।