नेपाली लोक दोहोरी गीत क्षेत्रमा स्वरकिनरीको रुपमा परिचित गायिका विष्णु माझि र तिलराम ढकालको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गित हिसाव किताव बजारमा भखरै मात्र आएको छ।
बुर्तिबाङ म्युजिकको प्रस्तुतिमा अमीत बाबू रोकायको लय र तिलराम ढकालको शब्द सिर्जना, विनोद बाजुरालीको एरेन्जमा गित बजारमा आएको हो।
मायामा पाएको धोका र विछोडको भावहरुलाई गितमा समेटिएको निमार्ण पक्षले बनाएको छ। मायामा साहानुभुतिका शब्दहरु गितमा दिइएको छ। एकोहोरो मायामा असफल हुनु पर्दाको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ।
स्मृति तिमिल्सिना गुरुआमा को निर्देशन, सम्पादक सुजन शाही रहेका छन। बुर्तिबाङ म्युजिकका प्रबन्ध निर्देशक मोहन बिरही शिपालीका अनुसार निकै मार्मिक गित भएकाले दर्शकको रोजाईको गित बन्न सफल बन्ने अपेक्षा गरिएको छ। भिडियोमा रंजिता गुरुङ र दुर्गेश थापा को अभिनय रहेको छ।