प्रतिबन्धका बिच अखिल (क्रान्तिकारी)द्वारा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण

‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ को उद्घाटन

  झझल्काे संवाददाता  313 पटक हेरिएको


पोखरा,साउन ७ गते ।
प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखराको पृथ्वीनारायण क्याम्पसमा निजी शिक्षालाई राष्ट्रियकरण गरौं !सरकारी शिक्षाको गुणस्तर बढाऔं !! भन्ने मुल नाराकासाथ अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वय समितिद्वारा मंगलबार ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ को उद्घाटन र एकीकृत जनक्रान्तिका महान् सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

गण्डक क्षेत्रीय समन्वय समितिका संयोजक बद्री अधिकारीले नेतृत्व गरेको टोलीले पृथ्वीनारायण क्याम्पस पोखरामा वृक्षारोपण कार्यक्रम गरेको हो । वृक्षारोपण कार्यक्रममा अखिल (क्रान्तिकारी) तनहुँ, स्याङ्जा, कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समितिका दर्जनौं विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि अखिल (क्रान्तिकारी)का नेता कार्यकर्ताहरुसमेत पटकपटक पक्राउ परिरहेको अवस्थामा पनि उक्त संगठनले आफ्नो सक्रियता कायम राखेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै व्युरो संयोजक बद्री अधिकारीले राष्ट्र र राष्ट्रियताको निमित्त, गणतन्त्र नेपाल निर्माणको निमित्त बलिदानीपूर्ण योगदान गरेको अखिल (क्रान्तिकारी)को इतिहास सम्झन सरकारलाई आग्रह गर्दै दलालहरुको सामु कहिल्यै नझुक्ने बरु बलिदान गर्न तयार रहेको बताएका छन् ।

यस्तै अखिल (क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसका अध्यक्ष प्रकाश बास्तोलाले पृथ्वीनारायाण क्याम्पस देशको उत्कृष्ट क्याम्पसको रुपमा मात्र नभएर अव देशको प्रकृतिक रुपमा पनि सुन्दर र हराभराले भरिपुर्ण रुपमा पनि उत्कृष्ट बनाउने बताएका छन ।

उनले अहिलेको दुईतिहाई को सरकारले आफ्नो पार्टी माथि लगाएको अघोषित प्रतिबन्ध तत्काल फिर्ता लिनु पर्ने र बिधार्थीमाथि को दमन गैरन्ययिक पुर्ण गिरफ्तारी  बन्द गर्नु पर्ने बताएका छन ।

साथै उनले बैज्ञानिक समाजवादी शिक्षा आजको अवश्यक्ता भएकाले सो शिक्षा प्रप्तीका निम्ती रगतको बलिदानी दिन परेनी पछि नहट्ने बताए । उनले यो महान् अभियानका क्रान्तिकारी पाइला हरुलाई कुनै पनि प्रतिबन्ध, दमन र गिरफ्तारीले रोक्न नसक्ने र यो अभियान पुरा गरेर छड्ने बताएका छन ।

क्रान्तिकारीले दोश्रो कम्युनिष्ट विद्यार्थी आन्दोलन घोषणा तथा प्रज्वल साहिको सम्झनामा कपुर,चाप,फुल लगायतका  बिरुवा रोपेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार