पेन्सिल तिखार्न नसक्दा शिक्षकबाट निर्घात कुटाइ


नेपालगन्ज । पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिकाले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा आइतबार दुई कक्षामा अध्ययनरत बालिकाले आफ्नै शिक्षकबाट निर्घाट कुटाइ खानुपरेको हो। अन्नपूर्ण पोस्टमा खबर छ
दुईतीन पटकसम्म पेन्सिल तिखार्ने प्रयास गर्दा पनि नसकेपछि रिसमा बालिकालाई शिक्षकले चड्कन हानेका थिए। पिटाइबाट बालिकाको गाला सुन्निएको र टाउकोमा चोट देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार