अछाममा करेन्ट लागेर १८ वर्षिय युवक को मृत्यु

करेन्ट लागेर १८ वर्षिय युवक सहित एक गोरुको मृत्यु

  झझल्काे संवाददाता  1546 पटक हेरिएको

असार २३, अछाम ।
अछाममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा हिजो साँझ स्थानीय नरजीत जनालाका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर मृत्यु भएको हो ।

रोपाइँ सकेर घर आउने क्रममा विद्युत्को पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यही गएका विकासलाई एक्कासि ढलेको र उनको शरीरमा आगलागी भएको मृतकका काका धनबहादुर जनालाले जानकारी दिनुभयो ।

पाली नजीक बगिरहेको पानीमा हिँड्ने बेला करेन्ट लागेकाले पोलबाट विद्युत् प्रवाह भएको अनुमान गरिएको छ ।

करेन्ट लागेपछि आगोसमेत सल्केको र विकासको दुवै खुट्टासमेत जलेको धनबहादुरले बताउनुभयो । करेन्टबाट विकासँगै एक गोरु पनि मरेको उहाँले जानकारी दिनुभयो ।

घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बिद्यामन्दिर मावि विनायकमा आईयसी एजि अध्यनरत विकास बिदामा रोपाइ गर्न घर आयका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार