रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र लिन नपाउने

काठमाडौं । कैलालीबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका राजपा नेता रेशम चौधरीले प्रमाणपत्र लिन नपाउने भएका छन् ।

टीकापुर घटनामा मुख्य दोषी ठहरिएका चौधरीले वारेसमार्फत नै प्रमाणपत्र पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सर्वोच्च प्रशासनले उनको रिट दरपीठ गरेको थियो । अदालत प्रशासनले वारेसमार्फत प्रमाणपत्र पाउँ भनी दिएको रिट दरपीठ गरेको निर्णयलाई सदर गर्ने फैसला सुनाएपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन नपाउने भएका हुन् ।

सर्वोच्चले फरार अभियुक्तलाई कुनैपनि बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधान स्मरण गराउँदै भनेको छ, ‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’ अदालतले यो पनि भनेको छ कि अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने हुन्छ । जसका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।

चौधरी कैलाली १ बाट निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार