नेकपा बिच भएको ५ बुँदे सम्झौतामा आखिर के छ तेस्तो जुन १ वर्ष सम्म लुकाएर राखे

सरकार सञ्चालन गर्ने सहमति साढे दुई–साढे दुई वर्ष

  झझल्काे संवाददाता  162 पटक हेरिएको

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भै नेकपा ले २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भएको भियो । उक्त पार्टी एकतालाइ बिधिवत घोषणा गरिएको थियो । घोषणा हुनु अघिल्लो दिन अर्थात जेठ २ गते अघिल्लो दुइ पार्टीबीच गोप्य पाँचबुँदे सहमति गरेका थिए ।

त्यो बेलाको गोप्य लिखित सहमति गरिएको भएता पनि खास बाहिर केहि आएको थिएन । यधपी पछिल्लो समय सत्तारुढ पार्टीका दोश्रो अध्यक्ष पुष्पकमल दाहालले बोलेकाछन ।

बुधबार बेलुका प्रचण्डले प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुरा गर्दै केपी ओली र आफूले सत्ताको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गरे का छन ।

पार्टी को अध्यक्ष र पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उक्त कार्यक्रममा केपी ओली र आफूले साढे दुई–साढे दुई वर्ष सरकार सञ्चालन गर्ने सहमति गरेको बताएका थिए । “पार्टी एकता गर्दा समझदारी भएको छ । पार्टीको निर्णय गर्दा लिखित सहमति भएको छ र ? भन्ने प्रश्नको जवाफमा उनले भने– “लिखितै छ । बाहिरै आइसकेको छ । किताबमा छापिएरै आइसकेको छ ।”

सत्तारुढ नेकपाले एकवर्षसम्म सहमति गोप्य राखेको थियो । तर, एबीसी टेलिभिजनका संस्थापक अध्यक्ष शुभशंकर कँडेलले लेखेको ऐतिहासिक एकताका आधारहरूमा अत्यन्त गोप्य राखिएको उक्त सहमति छापिएको छ । पाना नम्बर २०१ मा सहमतिको छ बुँदा खुलाइएको छ भने पाना नम्बर २ मा सम्झौताको प्रतिलिपि नै छापिएको छ ।

यस्तो भएको थियो सहमति ?

१. जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीमा जनवाद र माओवादसम्बन्धी राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने । आगामी एकता महाधिवेशनमा वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र सङ्गठन सम्बन्धी विषय अल्पमत र बहुमतका आधारमा नभइ सहमति र सहझदारीका आधारमा टुंगो लगाउने उल्लेख छ ।

२. एकताका संगठनात्मक सिद्धान्त समानता, सम्मानजनक र न्यायोचित हुने उल्लेख छ ।

३. एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णयहरू विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् निर्णयको आधिकारिकता मानिने उल्लेख छ ।

४ .समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

५. महाधिवेशनसम्मका लागि केन्द्रीय समिति २४१ र २२० गरी ४४१ र स्थायी समिति २५ र १८ गरी ४३ जनाको रहने उल्लेख छ ।

यि बुधाहरुको आसय अनुसार अब नेकपा भित्र सरकारको नेतृत्व बारे बहस चल्ने देखिन्छ । तर दुइ अध्यक्षले यसलाइ कसरी लिएर जान्छन आगामी दिनले नै बताउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार