एजेन्सी । पेटको क्यान्सर, मुखको क्यान्सर, पाठेघरको क्यान्सर, पाचन प्रणालीको क्यान्सरबारे धेरैलाई थाहा छ, तर आँखामा हुने क्यान्सरबारे धेरैलाई थाहै छैन । सोबारे ज्ञान नहुँदा धेरै मान्छेको अकालमा ज्यान गइरहेको छ । आँखाको क्यान्सर पहिलो स्टेजमै थाहा भयो भने उपचार सम्भव छ ।
समयमै उपचार गर्नुपर्छ । यदि उपचार गर्न नसकिए बिरामीको दृष्टि गुम्नुका साथै शरीरका विभिन्न भागमा रोग फैलिएर बिरामीको मुत्यु हुन्छ ।
आँखाको क्यान्सर रोग प्रारम्भिक अवस्थामै पत्ता लागे आँखा र दृष्टि बचाउन सकिन्छ । प्रारम्भिक अवस्थामा आँखाको क्यान्सर पत्ता लागे आँखालाई बचाउन सकिन्छ ।
आँखाको क्यान्सर जेनेटिक पनि हुन सक्छ । बच्चाको शरीरमा हुने जिन बिग्रेर खराबी आएमा क्यान्सर देखापर्न सक्छ ।
आँखाको क्यान्सर बिग्रियो भने शरीरबाट सर्दै टाउको, हड्डी, कलेजो, मुटु, पेट आदि अंगमा पनि पुग्न सक्छ ।
पहिलो स्टेजमै आँखाको क्यान्सर थाहा भएको खण्डमा किमोथेरापी, रेडियोथेरापी, अप्रेसन गरेर उपचार गर्न सकिन्छ ।
बालबालिकाको आँखामा हुने क्यान्सर बढ्दो क्रममा रहेका कारण अनौठो लक्षण देखिनेबित्तिकै आँखाको डाक्टरकहाँ लानुपर्छ । समय–समयमा आँखा जँचाउने गर्नुपर्छ । बालबालिकाको आँखामा आउने समस्याको बारेमा बाबु–आमाले ध्यान दिनुपर्छ ।