काठमाडौँ । पछिल्लो समय विप्लव पुत्र प्रकास चन्दको पुरानो फोटो सामाजिक सञ्जालमार्फत भाइरल बनेको छ ।
हार्ले डेभिड्सन मोटरसाइकलमा चढेको फोटो केहि बर्ष पहिले उनले फेसबुकमा राखेपछि भाइरल बनाइएको थियो ।
विप्लवले चन्दा उठाएर छोरालाई बाइक किने भनेर धेरैले प्रचार गरेका थिए । तर, उनले त्यो फोटो मात्र खिचेका थिए । पछिल्लो समय आफ्ना विरुद्ध प्रचार युद्ध धेरै नै भएको भन्दै एक नेताले भने, प्रकाश हाम्रो पार्टीका एक इमान्दार कार्यकर्ता हुन् । उनी स्वास्थ्य संगठनका महासचिव छन् । उनी पार्टीका पुर्णकालिन कार्यकर्ता हुन । म्युजियममा राखेको बाइक चडेको फोटो फेसबुकमा २,३ बर्स अगाडि अपलोड गर्दा उनी आलोचित भएका छन ।
के त्यसो भए प्लेन चड्नेहरुले सेल्फी लिएर फोटो अपलोड गर्छन, प्लेन उनिहरुको आफ्नै निजि हो त ?उनले यो बाइक कुदाएको कसैले देखेको छ त ?? त्यसैले यस्ता भ्रमपुर्ण कुरा को प्रचार नगर्न आग्रह गरेका छन ।
यस्तै दुई दिन अघि मात्र सेनाका जवान विप्लवले अपहरण गरेको भन्दै समाचार सार्वजनिक भएपछि विप्लवले विज्ञप्ति निकालेरै भ्रमपूर्ण समाचारको खण्डन गरेका छन् । पार्टी प्रतिको जनताको बढ्दो आर्कषणलाई घटाउन विरोधीहरुले अनेकौं प्रोपागान्डा फैलाउने गरेको नेकपाको भनाई छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज आइतबार विज्ञप्तिमार्फत अन्नपूर्ण पोष्ट अनलाइनमा “विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप” शिर्षकमा शम्भु कट्टेलको बाइलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण मात्र नभएर कडारुपमा खण्डन गरेको छ ।
विप्लवले निकालेको बिज्ञाप्तीमा भनिएको छ ‘समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक र हाम्रो पार्टी र हामीले सञ्चालन गरेको संघर्षद्वारा अत्तालिएको सत्ताको षड्यन्त्र बाहेक अरु केही नरहेको स्पष्ट पार्न चाहान्छौं । पहिलो कुरा त उक्त समाचारमा भनिएको जस्तो जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली काँग्रेसका वीरबहादुर शाही नभएर तत्कालिन एमालेका रामबहादुर नेपाली छन् । उनका ८ वर्षीय नावालक छोरा छन् । दोस्रो र मुख्य कुरा हाम्रो पार्टीको सुरक्षा निकाय वा व्यक्तिलाई अपहरण गर्ने कुनै नीति र योजना नै छैन ।’ विज्ञप्तिमा भनिएको छ ।
यसरी सरासर झुठ र कपोलकल्पित समाचार एउटा राष्ट्रिय स्तरमा स्थापित सञ्चार माध्यममा आउनु आफैमा दुखतः, दुरासयपूर्ण रहनुका साथै हाम्रो पार्टी र सुरक्षा निकायका बीचमा भ्रम सिर्जना गरी दमन गर्न उक्साउने नियतले प्रायोजन गरिएको बुझ्न सकिन्छ । यस्ता गतल, तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्नरनछाप्नसमेत विप्लवले विज्ञप्तिमार्फत सम्बन्धित सबैमा हार्दिक अपील गरेका छन् । विज्ञप्तिको पूर्णपाठ‘