प्रधानमन्त्रीले सोधे ‘विप्लव’को माग के हो ? अब के चाहियो ?

विप्लव समूहको उद्देश्य पैसा उठाउने बम पड्काउने

  झझल्काे संवाददाता  682 पटक हेरिएको

सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजधानीमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई माग के हो भनी प्रश्न गरेका छन् ।

आज राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’

संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब के चाहियो भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बतााए ।

विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले जिकिर गरे ।

लोकतन्त्रको मुख्य अभ्यासको रुपमा रहेको चुनावमा जित्न नसक्ने भएपछि चन्द नेतृत्वको समूहले गैर कानुनी, अमानवीय, आतंककारी गतिविधि गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता गतिविधिलाई सरकारले नियन्त्रणमा लिनु परेको प्रस्ट पारे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार