पोखरीमा पौडी खेल्ने क्रममा कपिलवस्तुमा एकजनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ३ टाकुका ११ वर्षीय सुदन ताङनामी रहेका छन्।
घरनजिकै रोपाइँका लागि पानी जम्मा गरिएको पोखरीमा सोमबार साँझ पौडी खेल्दा उनी डुबेका थिए। पोखरीको आसपासमा कोही नभएको अवस्थामा सुदन नुहाउन जाँदा डुबेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रुपन्देही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।