पोखरा, जेठ १३ । पोखराका ३ ठाउँमा संकास्पद भेटिएको छ ।
पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएको छ ।उक्त बस्तु नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्दैछ ।
यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी पनि बम भेटिएको छ । कास्की प्रहरीका अनुसार शंकास्पद बस्तु भेटिएपछि सेनाको टोलि त्यसतर्फ जाँदै छ । प्रहरीले त्यसको सुरक्षा दिएर बसेको छ ।
कास्कीकै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी नजिक नाउँडाँडामा पनि शंकास्पद बस्तु भेटिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । सुरक्षित भएर हिडडुल गर्न उनको आग्रह छ ।
यसैबीच, नेत्रविक्रम चन्द(विप्लव) नेकपाद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ ।