घट्टेकुलो बिस्फोटमा विप्लव निकट विधार्थी संगठनका के.सदस्य प्रज्वल शाही को मृत्यु ,रविन के.सी घाइते

  झझल्काे संवाददाता  303 पटक हेरिएको

काठमाडौँ, १२ जेठ । आइतबार काठमाडौँमा बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन्।

शाही नेत्रविक्रम चन्द ( विप्लव ) निकट बिधार्थी सङठनका केन्द्रीय सद्स्य हुन । बम विस्फोटमा परी सोहि संगठनका त्रिचन्द क्याम्पस इकाई अध्यक्ष रविन केसी घाइते भएका छन्।

उता सुकेधाराको विस्फोटमा परी महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन। घटनामा ४ जना घाइते भएका छन्।

विप्लव नेकपाले भोली जेठ १३ गते नेपाल बन्द को आह्वान गरेको छ। दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले गरेको जघन्य घटनाको बदला जनताले उचित समयमा लिने नै चेतावनी दिएका थिए। प्रहरीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार