भोलि सर्वोच्च सहित देशभरका सबै अदालत बन्द

पूर्व प्रधान न्यायाधीश खत्रीको निधन

  झझल्काे संवाददाता  725 पटक हेरिएको

काठमाडौं, ११ जेठ ।
भोलि सर्वोच्च अदालत सहित देशभरका सबै न्यायलय बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश नयनबहादुर खत्रीको निधनमा शोक व्यक्त गर्न आइतबार देशका सबै न्यायालय बन्द हुने भएका छन्। ९६ वर्षीय खत्रीको गत बुधबार निधन भएको थियो।

शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्चसहित उच्च अदालतहरू, विशेष अदालत, जिल्ला अदालतहरू तथा न्यायाधीकरणहरू एक दिनका लागि बन्द गर्ने निर्णय गरेको सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

१९८० असोज ३ मा ललितपुरमा जन्मेका खत्री कानुन मन्त्रालयको सचिव हुँदै २०१६ मा सर्वोच्चको न्यायाधीश पदमा नियुक्त भएका थिए। २०३३ सालमा उनी प्रधान न्यायाधीश नियुक्त भएका थिए।

खत्री २०४२ सालमा उनी सेवा निवृत्त भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार