करोडौँ ठगीको आरोपमा बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइँयो

  झझल्काे संवाददाता  398 पटक हेरिएको

काठमाडौं – करोडौँ ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा एसपी सुदिप गिरीले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई बैंककमा पक्राउ गरी नेपाल ल्याएइको पुष्टि गरे।

समाजिकसञ्जाल फेसबुक, भाइबर,मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्दै आएका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी राजकुमार सिलवालका अनुसार गुरुङविरुद्ध ५२ ओटा मानव ओसारपसारसम्बन्धी उजुरी परेका छन्। गुरुङले ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै पीडितहरुले उजुरी दिएका छन्। गुरुङ ठगीमा संलग्न रहेको भन्ने उजुरीका आधारमा २०७१ देखि नै प्रहरीको खोजी सूचीमा थिए।

लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्याण्ड प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार