आज जेठ ११ गते को राशिफल कस्तो छ तपाईको आजको भाग्य

  झझल्काे संवाददाता  507 पटक हेरिएको

आज बि.स. २०७६ साल ज्येष्ठ ११ गते शनिबार इश्वी सन् २०१९ मे २५ तारीख ज्येष्ठ कृष्णपक्ष षष्ठी तिथी प्रातः ६ः०६ बजे सम्म पश्चात सप्तमी तिथी श्रवण नक्षत्र १०ः१६ बजे सम्म पश्चात धनिष्ठा नक्षत्र ब्रह्म योग भद्रा करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा स्थिर योग सुर्य उत्तरायण ग्रीष्म ऋतु ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सभासम्मेलन जन्य कार्यमा सरिक हुने अवसर जुट्नेछ । मान्यजनको साथ सहयोगमा गरीएका कार्यबाट बिषेश लाभ लिन सकिनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्र तथा दाजुभाईको साथ सहयोग प्राप्त रहनाले कार्य सम्पादनमा शाहस बड्नेछ ।पारीबारका कोहि सदस्यको स्वास्थमा देखापरेको समस्या झेल्नु पर्ने सम्भाबना रहेको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य स्थान्तरणका कारण कार्य क्षेत्रमा साधारण झन्भट ब्यर्होनु पर्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउनसक्नेछ । तपाईको बोलिको खराब अशर देखापर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोले मन प्रशन्न रहला । आकस्मीक धन लाभको योग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार