आज बि.स. २०७६ साल ज्येष्ठ १० गते शुक्रबार इश्वी सन् २०१९ मे २४तारीख ज्येष्ठ कृष्णपक्ष षष्ठी तिथी उत्तराषाढा नक्षत्र प्रातः ७ः५८ बजे सम्म पश्चात श्रवण नक्षत्र शुक्ल योग गर करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा कालदण्ड योग सुर्य उत्तरायण ग्रीष्म ऋतु ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारीक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । मान सम्मान प्राप्तीको बिशेष अवसर रहनेछ । नयाँकार्य सुचारु गर्न उत्तम समय रहेकोछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यात्राका क्रममा बिभिन्न समस्या आईपर्न सक्नेछन । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ ।अनावश्यक खर्चको कारण सामान्य आर्थिक अभाबको सम्भाबना रहेकोछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । शारीरिक आलस्यता तथा अस्वस्थताले सताउन सक्ने समय रहेकोले बिशेष सजग रहनु होला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनहरुको साथ सहयोगमा कमि महसुस हुनेछ । मानसिक चन्चलताका कारण कार्यक्षेत्रमा प्रयाप्त समय दिन नसक्नाले तपाई बाटँ गैर ब्यत्तिहरुले फाईदा लिनेछन ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्यन अध्यापनका निम्ती समय उत्तम रहेकोछ । कला कौशल जन्य कार्यका क्षेत्रबाट प्रयाप्त आम्दानि लिन सकिने दिन रहेकोछ । आफुभन्दा सानाको सहयोग उत्तम साबित रहनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मन हर्षित तुल्याउने खवर प्राप्त हुनेछ ।सामाजिक कार्यका क्षेत्रमा खर्चिएको समय लाभदायक रहनेछ । पारीवारिक झमेलाले भने सताउन सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभ चिन्तकहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सामान्य यात्राकारक दिन रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रफुल्लीत रहने समय रहेकोछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सुचारु गर्नु पूर्व अरुलाई जानकारी नदिकनै सम्पादन गर्नु उत्तम हुनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गरीरहेको कार्यमा सामान्य ढिलाईको सामना गर्नुपर्नेछ । पारीवारिक सम्बन्धमा समेत समान्य तनाब सृजना हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थका क्षेत्रमा सामान्य समस्या झेल्नु पर्ने समय रहेकोछ । बादबिवादको झमेलामा समेत फसिएला । तात्कालिक खर्चका कारण आर्थिक क्षेत्रमा समेत तनाब आईपर्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । मित्रजनहरु सगँको क्षणिक भेटघाट निकै अबिस्मरणीय साबित रहनेछ ।