जाडोमा विद्यार्थीलाई न्यानो कपडा वितरण

 313 पटक हेरिएको

तनहुँ । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ तनहुँ ब्यास सिटी र ब्यास मुस्लिम सेवा समाजको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ स्थित मदर्शा प्राथमिक बिद्यालयका ९० जना विद्यार्थीहरुलाई सुइटर, जुत्ता, मोजा र टोपी वितरण गरिएको हो ।

कार्यक्रममा लायन्स क्लब अफ तनहुँ ब्यास सिटीका अध्यक्ष राज कुमार श्रेष्ठ, लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपाल का डिस्ट्रिक एड्भाइजर तथा लायन्स क्लब अफ तनहुँका पूर्वअध्यक्ष माधव बहादुर पन्थ, ब्यास मुस्लिम सेवा समाजकी उपाध्यक्ष तथा समानुपातिक सांसद कलिला खानलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार