संयुक्त विद्यार्थि संगठन कास्की ले विप्लव नेतृत्वको नेकपा माथि सरकारले लगाएको प्रतिबन्ध तत्काल खारेज गर्न माग गरेका छन्।
(अखिल छैठौं) कास्की जिल्ला समीतिका अध्यक्ष दानु सारु, अखिल नेपाल विद्यार्थि युनियन का अध्यक्ष राजन पौडेल र अखिल (क्रान्तिकारी)का उपाध्यक्ष आस्था नेपाली ले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन ।
विज्ञप्तिमा भनिएको छ ; प्रजातन्त्र र लोकतन्त्रको परिभाषा विपरीत गएर सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध गलत भएको भन्दै उक्त प्रतिबन्ध राजनितीक तबरले समाधान गर्न माग गरेका छन ।
साथै तिन संगठनद्धारा जारी प्रेस विज्ञप्तिमा निजी बिद्यालयलाई सरकारले दिएको १० प्रतिशत छात्रवृत्तिको गम्भिरता पुर्वक छानबीन गरी नीजि विद्यालयले महानगरमा शुल्क बृद्धिको लागि महानगरकमा पेश गरेको प्रस्ताव तत्काल खारेज गर्न माग गरिएको छ ।
साथै सामुदायीक सार्वजनीक विद्यालय माध्यामीक तह १२ सम्म निशुल्क शिक्षा प्रणाली कडाइर्एका साथ लागु गर्न आग्रह गरिएको छ ।
अन्त्यमा भनिएको छ उक्त मागहरुलाई सम्बन्धित निकायले वेवास्ता गरेमा संयुक्त विद्यार्थी संगठन कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ ।
प्रेस विज्ञप्ति ।।