ओली सरकारसँग हत्‍याको बदला लिने विप्लवको चेतावनी : १३ गते गरे नेपाल बन्द (विज्ञप्ति)

१३ गते गरे नेपाल बन्द (विज्ञप्ति)

  झझल्काे संवाददाता  365 पटक हेरिएको

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्‍याको बदला लिने चेतावनी दिएको छ। महासचिव विप्लवले जेठ ८ गते एक विज्ञप्ती जारी गर्दै हत्याको बदला लिने चेतावनी दिएका हुन् ।

सरकार द्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ। उसले गरेको जघन्‍य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।’

‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

उक्त हत्या प्रकरणको छानविनको माग गर्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ। जस अनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्‍यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ।

केपी ओली सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्‍म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको विप्लवको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार